
धादिङ जेष्ठ ३० । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले विशालटारमा सुविधा सम्पन्न भवन निमार्ण कार्यको सुरुवात गरेको छ ।
करिव १४ करोड लागतमा सम्पन्न हुने उक्त गाउँपालिकाको भवन संघीय सांसद भुमी प्रसाद त्रिपाठी र गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले शुक्रबार बिहान संयुक्त रुपमा शिलान्यास गरे सँगै निमार्ण कार्यको सुरुवात भएको हो ।
सामाजिक दुरी कायम गरी भवन शिलान्यास गरिएको उक्त कार्यक्रममा गाउँपालिकाका उप-प्रमुख देवी प्रसाद सिलवाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराई, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

अहिले सहकारीको भवन भाडामा लिई कार्य सन्चालन गरि रहेको बेनीघाट रोराङले हल सहतिको ३८ कोठा रहने भवन निमार्ण कार्य सम्पन्न भैसके पछि पहिलो तलामा प्रशासनिक काम हुने, दोस्रो तलामा उप-प्रमुखको कार्यालय रहने र यहि तलामा न्यायीक इजलास हल पनि हुने छ, भने तेस्रो तलामा गाउँपालिकाको प्रमुखको कार्यकक्ष हुनेछ ।

यहि तलामा सुविधा सम्पन्न बैठक कक्ष पनि बनाईने गरि डिजाईन गरिएको गाउँपालिकाका इन्जिनियर प्रकाश सिलवाललाई उदृत गर्दै मिश्र शाक्यले धादिङपोष्टलाई बताए ।
बेनीघाट रोराङकाे सक्षिप्त परिचय

धादिङ जिल्लाको दक्षिण पश्चिममा रहेका साविकका जोगिमारा¸ धुषा¸ वेनीघाट र महादेवस्थान गा.वि.स.हरु मिलेर वनेको वेनीघाट रोराङ गाउँपालिका उत्तरमा पृथ्वी राजमार्ग देखी दक्षिणमा महाभारत श्रृखला सम्म फैलिएको छ ।
यस गाउँपालिकाकोसिमानामा पूर्वमा गजुरी गा.पा. र मकवानपुर जिल्ला¸ पश्चिममा चितवन जिल्ला¸ उत्तरमा सिद्धलेक गा.पा.¸ गोरखा र चितवन जिल्ला तथा दक्षिणमा चितवन र मकवानपुर जिल्ला पर्दछन् ।
कुल १० वटा वडामा विभाजित यस गा.पा. २०६.५२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । विभिन्न जात जाती¸ भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारीको रुपमा रहेको यस गा.पा.मा ३१४७५ जनाको वसोवास रहेको छ ।
बेनिघाट गाउँपालिका सँग सम्बन्धित यस अघिका समाचारहरु
पढ्न यो लिङ्क क्लिक गरौं ।

