धादिङमा कोरोना संक्रमितको संख्या ५९ जना पुग्यो

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०७७

धादिङ जेष्ठ ३० । धादिङमा कोरोना संक्रमितको संख्या ५९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धादिङका २९ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कोोना संक्रमितको संख्या ५९ जना पुगेको हो ।

यस अघि संक्रमितको संख्या ३० जना र पछिल्लो २४ घण्टामा ज्वालामुखि गाउँपालिकामा २७ जना, नीलकण्ठ नगरपालिकामा १ जना र सिद्धलेक गाउँपालिकामा १ जना गरि २९ जना सहित धादिङमा ५९ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशका ७२ जिल्लामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । हालसम्म यसबाट संक्रमित भएर १५ जनाको मृत्यु भएको छ ।

धादिङमा कहाँ कति भेटिए कोरोना संक्रमित

१. नीलकण्ठ नगरपालिकामा १८ जना
२. त्रिपुरासुन्दरी गा.पा. –७ जना
३. नेत्रावती डब्जोङ गा.पा. –१ जना
४. गल्छी गा.पा. –१ जना
५. थाँक्रे गा.पा.–१ जना
६. धुनीबेसी न.पा. –१ जना
७. सिद्धलेक गा.पा. –२ जना
८. गजुरी गा.पा. –१ जना
९. ज्वालामुखी गा.पा. –२७ जना

x