गोरेको मनोविज्ञान र कृषि क्रान्ति

Avatar photo
Dhadingpost
जेष्ठ २६, २०७७

कुल जन संख्याको ७० प्रतिशत कृषि पेशामा आवद्ध नेपालको कृषि क्षेत्रको कुल ग्राह्स्था उत्पादनमा करिब ३० प्रतिशत योगदान रहेको छ ।

रोजगारीको ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको उत्पादकत्व कति कमजोर रहेछ भन्ने तथ्य हो यो । ६ महिना रोजगारी ६ महिना बेरोजगारीको संख्यात दुई तिहाई नै होला । प्रत्येक बर्ष श्रम बजारमा भित्रिने करिब पाँच लाख नवजवानहरु मध्ये दुई तिहाईको खेल मैदान कृषि नै होला ।

सन २०१९ को अन्य तिर चीनको बुहान सहरबाट फैलेको कोरोना भाइरसको कारण आफ्नो रोजी रोटी खोसिएर प्राणको लामो सास फर्न आतुर करिब १५ लाख नेपालीले खेल्ने खेल पनि यहि नै हुनेछ ।

आफ्नो परम्परागत पेशलाई अल्प विराम लगाएर लाउर गएकाहरु फेरी पनि पुरानै पेशामा फर्किनु पर्ने कस्तो नियति । आखिर त्यही नै अन्तिम सत्य थियो भने यो खेलका खेलाडी बन्न छोडेर किन बिदेशिए त । यस सम्बन्धमा गोरेको रोचक अनुभूति रहेछ । सन्दर्भ सुरुवात गरौ त्यहीबाट ।
गोरेको बा ४० बर्षिय सक्रिय कृषि पेशाबाट अवकाश लिनु भएको स्वर्ण दिन हिजो मात्र पुरा भएको छ । अनगिन्ती सपनाहरु अर्को जुनीलाई थाती राख्दै । एकपेट पुरा भर्ने, आङभरी बेर्ने कपासको लपेटो अनि बतास र बर्षातबाट जोगाउने ढोडले बारेको भुसको छानो भएको घर बनाउने जिम्मा पुस्तान्तरण गर्नु परेकोमा केही दुखी पनि छन । ४० बर्षिय कृषिकर्मको अवकाश पछि बुढा सँगु टेन्सनु पट्टा छ, नकी पेन्सन पट्टा ।

दु:ख गरेर ज्याला, निमेक गरेर रगत र पसिना बगाएर उहाँले आफ्नो जीवन त कटाउनु भयो । जीवनको आरोह अवरोहको श्रृङ्गखला त लामै होला बा, को । म त्यो कोट्याउन्न चाहन्न । नेपालमा करिब दशक विताएर पढे । राम्रो अंक ल्याएर १५ कक्षा पास गरे । जागिर खोजे कतै पाइएन । राम्रोसँग लोकसेवाको फर्म भर्ने ढङ्ग थिएन । त्यसैमा एक दिन मलाई पनि कृषि कर्ममा जिन्दकी विताउने झोक चल्यो । अनि हानिए गाउँ तिर । बा सुस्ताउँदै थिए । प्वाक्क बोले । बा, सहर भरी जागिर खोजे कतै पाउन सकिन । कृषि कर्म लाग्छु म पनि अब ।

यती मात्र भनेको के थिए, बुढालेत बाघले झम्टिए जसरी तिमिलाई कृषिमा लाग्न भनेर मैले नेपालमा राखेर पठाएको हो रु यही काम गर्नु थियो भने पन्ध्र पन्ध्र कक्षा किन पथ्र्यो रु यहि काम गर्नु थियो भने किन गरिस यो सब नाटक अनि किन मलाई ऋण बोकायौ रु सहरमा जसरी बस्छौ बस । त्यो मेरो सरोकारको बिषय भएन । बरु मलाय जाउ तर तिमिहरुको यही ठाउँमा यही मुख देख्न नपरोस । मलाई मेरा गाउँलेहरुले के भन्छन । अनि म के जवाफ दिउँ । म अटंकार हेरि रहे । कुनै जवाफ दिइन ।

खासमा म व्यवसायिक बाख्रा पालनको पूर्णसोच सहित त्यो प्रस्ताव राखेको थिए । १० बर्षमा ५०० वटा बाख्रा पाल्ने अनि ५० घर परिवारलाई रोजगारी दिने । एउटा नमूना किसान बन्ने सपना । बा, ले कृषककोबारेमा थप बुझन भट्टराई थरका मास्टर सापलाई भेट्न सुझाव दिनु भयो । खासमा भट्टराई थरीका मास्टर साप सुझाव दिन माहिर कहलिएका थिए मेरो गाउँमा । उहाँको शिक्षण शैलीको खुब तारिफ हुन्थ्यो पिपल डाँडामा सुशेलेका बस्नेहरुको । ६ दिनमा पठाउनु पर्ने पाठ २ दिनमा सक्थे रे । अनि १० दिनको लागि गृहकार्य थोपारेर १५ दिन बेपत्ता ।

त्यो रात भर मनमा बेमौसमी बाढी आयो । बाहिर हुरी सहितको पानिको फोहोरा मेरा बिछ्यौना सम्म आइ पुग्थ्यो । बा, को बचनलाई सम्झि रहे विहानीको परख सम्म । भोलिपल्ट विहानै भट्टराई गुरुलाई ढोङ्ग गर्न पुगे । आटिला र सवाल जवाफमा माहिर गुरु घर बाहिर निस्कदै भन्नु भयो ए गोरे के काम परेर एका विहानै मेरा घरमा झुल्किस ? मास्टर सापहजुरले अनुमति दिनुहुन्छ भने एउटा सानो कुरो गर्नु थियो । बताउ भाई के हो र ? अनि बा सँग अघिल्लो साझ भएको सवाल जवाफ सविस्तार सुनाए । अनि मास्टर साप मुस्कुराउँदै भित्र पस्छन र दुई वटा तस्विर बोकेर पुन: आउँछन ।

तस्विर देखाउँदै भन्छन, के बन्ने आफै हेर । एउटा तस्विर मलिन अनुहार मुजेत्रो परेको चेहेरा । भुकम्पले धाँजा फाटेका जस्ता खुट्टा । नाम्लोले दुई अम्बल जती गडेको तालु । ठाउँ ठाउँमा हावा छिर्न बनाएका जस्ता जामाको लपेटो । कहिले नधोएको र अनि आजिवन एउटै पहिरन लगाएको जस्तो । अनि चैते जंगल जस्तै दारी एवं कपाल । धनुष बाण जस्तो शरिर । अर्को हसिलो, दौरा सुरुवाल, भात गाउँले टोपिमा सजिएको अहिले बार्तालाप र अन्तरक्रिया गर्न तयार भएको जस्तो । मन्द मुस्कान अनि हिस्ट पुष्ट र उज्यालो चेहेरा अग्लो कद । फस्टाएको केरा थाम जस्तो तिघ्रो । लाग्छ सबै सुविधा र पोषणको मात्रा पुगे जस्तो । एक छिन टोलाए अनि पुन: मास्टर सापलाई सोधे मेरो मोटो बुद्धिले भ्याउनै पाउन सकिन साप । अनि मास्टर साप भन्नुहुन्छ, पहिलो तस्विर कृषकको हो दोस्रो बडा हाकिमको । हामि गुरुको धर्म बाटो देखाउने हो । जिन्दकीमा सुखको बाटो हिड्ने कि दुखको बाटो हिडने आफ्नै च्वाइस । बाँकी कुरा पछि गरौला भनेर गरु भित्र पस्नु भयो । मैले पनि धन्यवाद गुरुबा भनेर नमन गरी फर्के ।

दुई घण्टाको बाटो भरी मनमा अनेक प्रश्न आइ रह्यो । ब्यापक अन्तर विरोध भयो । गुरु पनि बाकै कित्तामा उभिनु भयो । बा, ले गाउँ नर्फक भन्ने गुरुले मलिन अनुहार फाटेको मनमा टालिएको जामाको लपेटोले घेरिएको कृषकको बुढो शरिर । फेरी सम्झन्छु अखिर बा, सँग एक हल गोरु त थियो, दुई वटा खसि पनि पाल्नु भएको थियो बडा दशै र चैते दशैको लागि । थलोमा लैना भैसी पनि त छनि । बेलौती र कागती त फलेकै थिए बारिमा । बिहान भरी चहार्न पुग्ने खेत बारी पनि छदै थियो । ढोडको बार भुसको छाना भएको घर पनि थियो । आखिर बा, लाई के कुराले दुखित तुल्यायो । करिब हप्ता दिन सम्म बालाई देख्ने वित्तिकै यस्ता विचारहरु आइ रहन्थ्यो । तर सोध्ने आँट गरिन ।

घामको किरण सोला भाँजाबाट तराई झदै थियो । आमाले मलाई पनि खाजा खान बोलाउनु भयो । बा, मोही सँग ठेट्ना मकै टोक्दै हुनुहुन्थ्यो । बा, ले अलि नजिक बस भन्नु भयो । मनमा लाग्यो आज बा, खुसी हुनु हुन्छ । अनि बताउन थाल्नु भयो कहिरन । हेर केटा मैले त आधा आधी जीवन यसरी नै विताए । तेरा जीवन प्रतिको जिम्मेवारी मैले पुरा निभाए वा निभाइन त्यसको मूल्यांकन कित तैले गरेको होला कित ईश्वरले नै गर्ला । मैले गाउँमा फर्केर नआइज भन्दा त रिसाएको छस् । त्यो मलाई थाहा छ । धेरै दिन देखी तेरो अनुहार मलिनो छ ।मैले पनि थुप्रै सपनाहरु देखेको थिए हजुरबाले यही काम जिम्मा लगाएर जानु भयो । म समान कामको पुस्तान्तरण गर्न चाहन्न । हेर, हाम्रो दिन भरी एक सर्को हिडेर नसक्ने खेत बारी छ । बुर्चुक, कुन्ले गैरी र काम्लेको खेतको मैले हिसाब गरेको छैन तर के गर्नु मैले नबेसाई कहिल्यै खान पुर्‌याउन सकिन ।

खेत बारीमा बल्ल तल्ल फल लाग्न थाल्यो कहिले असिनाले ठोक्छ त कहिले बादरले च्यातेर हैरान पार्छ । चरो मुसोको कुरै नगरौ । खाएर बाँकी रहेको फल विक्रि गर्ने ठाउँ छैन । बल्ल तल्ल रातभरीको अनिदोंमा नारायण घाट र पोखराको बजारमा लग्यो गल्लाहरु विहान रोपेर दिउसो फलेको अनि साझमा टिपेर बेच्न लागेको जस्तो मूल्य गर्छन । कृषि उपज बेचेर कहिल्यै ठूलो नोट देख्न पाइन । राज्यले नि हामिलाई कहिल्यै देखेन । मेरो योगदानको हिस्सा राज्यले कहिल्यै कुल ग्राह्रस्थ उत्पादनमा जोड्न चाहेन । नत मेरो बैधानिक आयको अभिलेख राज्य सँग छ नत मैले राज्यलाई कुनै कुत न बुझाए आज सम्म ।

हामि सधै दोस्रो दर्जाका नागरिक । त्यति मात्र कहाँ हो र छोरा, ब्यहाउन नसकेर मरेको भैसीको ऋण पोहोर साल सम्म तिर्दै थिए मैले । हजुर आमालाई औषधी गर्न लिएको ऋण तिर्न नसकेर हजुरबालाई पन्चायतले डामेको खत अझै मरेको छैन । हल गोरु किन्न सापटी लिएको पैसा तिर्न छत्तिसे ब्याजमा ऋण खोज्न निस्कदा शुक्र तारा उदाएकै थिएन ।

मध्य रातको समयमा बाघको गर्जनबाट डरले कापी भलाए डाँडाको पिपलको कोप्चेरामा लुकेको क्षण आज पनि ताजै छ । बल्ल तल्ल झिसमिसे उज्यालो हुँदै थियो साउँको घर नजिक पुगेको मात्र के थियो । फ्याउरीले गुन्यु उचाली । अनि फरक्क फर्के साहित बिग्रियो भनेर । यस्तो कहानी कसरी बताउँ तँलाई ।

घस्यौटाको दाउराको धुवाँले विग्रेको आमा छातिको उपचार गर्न नसकेको पिडा मैले तँलाई कसरी बताउँ । राम्रो शिक्षा, असल शिक्षक र संस्कार एव सवारी धेरै परको कुरो हो छोरा, हामिले कयौ रात खाली पेट सुतेर कटाएका छौ अनि तेरी आमाले कद ढाक्ने पुरा बस्त्र नफेरेको एक दशक भइ सक्यो । सोध तेरी आमालाई हाम्रो कहानी भन्दै बा, भक्कानीनु भयो । म समाउन लागे । बा, त्यहि ढल्नु भयो । यो घाउ मेरो मनमा गह्रिरियो कहिल्यै निको नहुने गरी ।

सोचे काम गर्न नसकेर गरिब र कुपोसित भएका होइन रहेछन मेरा बा, । गोठमा हल गोरु छ । पुरा बारी जोत्न महिनौ लाग्छ । थलामा दुहुनो भैसी छ । छ महिना आफ्नो भैसीको दुध पिउनु हुन्छ छ महिना ठन्ठाराम । करेसाबारीमा रायोको साग बढारिएको छ केबल दुई महिनाको लागि । जग्गा प्रसस्थ छ केबल कुन समयमा के लगाउँदा कति उत्पादन हुन्छ उनलाई थाहा छैन । उनले जे लगायो गाउँलेहरु त्यही लगाउ छन सबैको मनो विज्ञान त्यस्तै छ अलि अलि सबैको बढी भएमा विक्रि गर्न भारी पुग्छ भनेर रे ।

अ साची घरमा २ वटा खसी पनि छ रे । दशै मनाउनको लागि । बारी त प्रस्सत छ, नी दुई महिना आकाशको पानी नपरे हरियो देख्न पाइदैन, कोदालो गडदैन । औषधी मल, उन्नत विउ त परको कुरा । प्रविधिको नाममा तेस्रो पुस्ता हन्तान्तरण भएको उही कुटो, कोदालो, बेल्चा, हलो जुवा र फाली । अनि मन मनै सोचे पितृ देवो भव । अल विदा कृर्षि ।

बास्तवमा रोग, भोग र शोकको सारथी गाउँ अनि कृर्षि नै रहेछ । महाव्यधीबाट गाउँ दौडिएकाहरुको तछामछाडको दृश्य होस वा विदेशी धावन मार्गमा आफ्नै गाउँमा अन्तिम स्वास फेर्न तैनाथ लावालस्कर, आखिर मान्छेको अकाट्य गन्तव्य गाउँ अनि त्यही कृर्षि होइन ? वास्तवमा कृर्षिमा क्रान्ति गर्ने हो भने लाखौ गोरेहरुको मनको घाउँमा मलम पट्टी लगाउनु पर्ने छ ।

हिस्टेरियाले थलिएको नेपाली कृषकको जीवनमा काँचुली फेर्न उत्पादन, वितरण र उपभोगमा विविधीकरण, विशिष्टिकरण र व्यवसायीकरण गरेर मात्र पुग्दैन गोरेको जिवन्त प्रश्नहरुको जवाफ पनि दिनु पर्नेछ । माटो र माटोमा खेल्नेहरुले नै संसार बदलेका छन अनि देश बनाएका छन ।

अर्थतन्त्र जग हाल्नेहरुलाई किन माया र सम्मान नगर्ने ? सुनिन्छ समाजवादका धुर्‌नधर पण्डित पनि कथनी र करणीमा समुद्रको दुई किनारा जत्तिकै भेद रहेछ भन्दै परिवर्तनको घोडो खोच्याउँदै छन रे । वास्तवमा परिवर्तनको महसुस अभावले भरिएको व्यक्त्तिलाई हुनु पर्छ । फेरी परिवर्तन भन्ने चिज एउटै व्यक्तिले एकैपटक गर्ने पनि होइन पनि ।

अनि किन हरेस खानु त । एउटा व्यक्तिले परिवर्तवको हरेक चरणको अनुभुति दिन त नसक्ला तर परिवर्तनबाट भाग्नै नसक्नै प्रणाली भने अवश्य बनाउन सक्छन नि । हो हामिलाई आज त्यही प्रणाली र संस्था चाहिएको छ । जय किसान जय कृर्षि । (लेखक: सुयल लेखा अधिकृत हुन् ।)
email : grsuyal@gmail.com