धादिङमा पतञ्जलि योग समितिहरूको संयुक्त अधिवेशन आज

Avatar photo
Dhadingpost
बैशाख २२, २०८३

धादिङ। विगत केही वर्षदेखि जिल्लामा योग अभ्यास तथा प्रशिक्षण सञ्चालन गर्दै आएको पतञ्जलि योग समितिको चौथो अधिवेशन आज हुने भएको छ ।

अध्यक्ष गोविन्द कुमार श्रेष्ठका अनुसार, उक्त कार्यक्रममा महिला पतञ्जलि योग समिति र युवा पतञ्जलि योग समितिको समेत संयुक्त अधिवेशन आयोजना गरिएको हो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ । हाल पतञ्जलि योग समितिले धादिङ जिल्लाका विभिन्न स्थानमा २३ वटा साधना केन्द्रमार्फत योग गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

अधिवेशनको पूर्वसन्ध्यामा धादिङबेसीको पुछारबजारबाट योग साधक–साधिकाहरूको सहभागितामा नौमती बाजागाजासहित योग जागरण र्‍याली निकालिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममार्फत योगको महत्वबारे जनचेतना फैलाउने तथा नयाँ नेतृत्व चयन गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ ।