
धादिङ जेष्ठ २६ । डिजिटल मिडिया नेटवर्क धादिङ (डिएमएन ) ले संचालन गरेको कार्यक्रममा एसइओ कम्पनि नेपालका सह-संचालनक प्रकाश खतिवडाले हरेक अनलाईन कर्मीहरुले सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) को विषयमा बुझ्नै पर्ने बताएका छन् ।
धादिङबाट संचालनमा रहेका अनलाईनकर्मीका लागि आयोनित एसईओ र वे डिजाईन सम्बन्धी जानकारी दिन डिएमएन धादिङले आयोजना गरेको जुम एपमा भएको छलफलमा खतिवडाले समाचार पोष्ट गर्ने अनलाइनहरु हुन् या अन्य अनलाइन सबैले एसईओको विषयमा बुझ्नै पर्ने बताएका हुन् ।
खतिवडाले वेबसाइटलाई गुगल लगायत अन्य सर्च इन्जिन मैत्री बनाउन गुगल आदि सर्च इन्जिनमा खोज्दा सजिलै भेट्ने बनाउनका लागि पनि एसईओ बुझ्नु पर्ने बताए ।
यस्तै जुम छलफलमा सहभागि अनलाईन कर्मीहरुलाई सहजिकरण गर्दै सिनियर वेब डेब्लोपर निरोज श्रेष्ठले धादिङका अनलाइनहरुको अहिलेको अवस्था, सुधार गर्नुपर्ने अवस्थाको विषयमा बताएका थिए ।
उनले नयाँ अनलाइन संचालन गर्न चाहानेहरुले हतारमा बुझ्दै नबुझी भन्दा पनि यो पछिल्लो अवस्थामा वेबसाइट कसरी आकर्षक समयानुकुल बनाउने तर्फ ध्यान दिन समेत आग्रह गरेका थिए ।

