
धादिङ जेष्ठ १८ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अटल रिहा भएका छन् ।
बम विस्फोट तथा सङ्गठित अपराध गरेको आरोपमा ७३ दिन चितवनको प्रहरी हिरासद बसेका अटललाई चितवन जिल्ला अदालतले बैशाख ५ गते रिहा गरे पनि अदलातको गेटबाटै प्रहरी पुन पक्राउ गरेका थियो ।
त्यसपछि उनलाई प्रहरीले धादिङ ल्याई दुइवटा एलसेल टावरमा आगजानी तथा सङ्गठित अपराध गरेको आरोपमा मुद्धा चलाएको थियो । जिल्ला अदालतले ३५ दिन पस्चात ५० हजार धरौटी माग गरेपछि उनले तिर्न अस्विकार गरे ।
तत्पश्चात कारागार चलान भएका अटललाई सर्वोच्च अदालतमा परेको बन्दी प्रत्याक्षिकरणको रिट जाहेर अनुसार विना धरौटीमा रिहा गर्न सर्वोच्चल आदेश गरे सँगै शुक्रबार उनी धादिङ कारागारबाट रिहा भएका हुन् ।
पटक पटक प्रहरीले पक्राउ गर्दै अदालतबाट रिहा हुँदै आएका अटल यो पछिल्लो पटक भने झण्डै १ सय १० दिनको प्रहरी हिरासदबाट रिहा भएका हुन् ।
रिहा भए सँगै उनले धादिङपोष्टलाई विप्लव कार्यकर्ता भएकै कारण आफुलाई झुट्टा मुद्धा लगाईएको थियो । अदालतले रिहा गरिदियो । आफु राजनितिक कर्मी हुनु त्यसमा पनि विप्लव कार्यकर्ता, विप्लवदेखि अताल्लिएको सरकारको झुटा मुद्धामा पक्राउ पर्नु कुनै नौलो नभएको उनी बताउछन् ।

