
धादिङ जेष्ठ १७ । धादिङ जिल्लामा तीन जनालाई कोराना भाईरस (कोभिड१९) को संक्रमण पुष्टि भए सँगै तीन जना नै निको भएर फर्किएका छन् ।
धादिङ जिल्लाको पहिलो संक्रमित नेत्रावती डब्जोङ गाउँपालिका युवा थिए भने दोस्रो संक्रमित गल्छी गाउँपालिका निवासी एक युवती र तेस्रो संक्रमित थाँक्रे गाउँपालिका निवासी एक युवा थिए । उनीहरु सबै कोरोना भाईरसको संक्रमणबाट मुक्त भई फर्किएका हुन् ।
नेत्रावती डब्जोङ गाउँपालिका युवा र दोस्रो संक्रमित गल्छी गाउँपालिका निवासी एक युवती यस अघि नै निको भएर फर्कि सकेका थिए, भने पछिल्लो पटक थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरूष अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
नेत्रावती डब्जोङका कोरोना संक्रमित तामाङ युएईबाट चैत ६ गते फर्किएका तामाङ थरका ति युवा चैत १० गते टेकु पुगेर जचाउँदा कोरोना संक्रमण पुष्टि भएको थियो उनी २१ दिन अस्पताल बसेर डिस्चार्ज भएका थिए ।
यस्तै धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवाकी ३० वर्षिय महिला १२ दिन पछि निको भएर सोमबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपश्चात उनी पाटन अस्पताल भर्ना भएकी थिईन ।
त्यस्तै काठमाडौंको बागबजारमा छापाखाना सञ्चालन गर्दै आएका उनी चैत्र ११ गते घर (धादिङ) आएर वैशाख २८ गते काठमाण्डौ फर्किएका थिए । जेठ २ गते आएको स्वाब परीक्षण गराएका उन्को जेठ ५ गते कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो ।
