पात्ले धारखोलाको भिरबाट खसेर १ युवतीको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७७

धादिङ जेष्ठ १७ । धादिङको नीलकाण्ठ नगरपालिका वडा नम्बर १ स्थित पात्ले धारखोला छाँगेमा घाँस काट्न गएकी एक युवतीको भिरबाट खसेर मृत्यु भएको छ ।

पात्लेको धारखोला छाँगे भन्ने ठाउँमा घास काट्ने क्रममा भिरबाट खसेर २३ बर्षिय दिपीका गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक सरोज राईले बताए ।

बारीमा घाँसको अभाव भएपछि धारखोला छाँगे पुगेकी गिरी झण्डै १ सय मिटर तल खसेर घाईते भएको र उपचारका लागि धादिङ अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरिक्षक राईले धादिङपोष्टलाई बताए ।

x