
रमेश कान्छो
धादिङ जेष्ठ ५ । धादिङको थाक्रेगाउँपालिका स्थित पिप्ले युवा समाज पुरानो तरकारी बजार क्षेत्र सरसफाई गरेको छ ।
थाक्रे गाउपालिकाको वडा नम्बर ८ स्थित पिप्ले बजारको राजमार्ग सँगै रहेको सार्वजनिक तरकारी बजार क्षेत्र समाजले आइतबार सरसफाई गरेको हो । सरसफाई कार्यक्रमा पिप्ले युवा समाजका करिब २५ सदस्यको सहभागीता जनाएका थिए ।
कोरोना भाईरस महामारिको अवस्थालाई ध्यानमा राखी क्लवका सदस्यले सामाजिक दुरि कायम गर्दै मास्क र पन्जाको प्रयोग गरि सरसफाई कार्यक्रम सहभागिता जनाएका थिए ।
तरकारी व्यापारको लागि स्थानीय कृषकले प्रयोग गर्दै आएको यस स्थान पछिल्लो केही वर्षयता सडकको दाईने भागमा सरेको थियो । तर स्थानीयवासी, कृषक र व्यवसायी बीच हुने दैनिकी भेटघाटले संक्रमण फैलन सक्ने र पुरानो स्थान सुरक्षित हुने भन्दै पिप्ले युवा समाजले पुरानो स्थानमै बजार सारेको बताएको छ ।

स्थानीय, कृषक, व्यवसायी र उपभोक्तहरु बीच तरकारी संकलन केन्द्रमा हुने भेटघाटले कोरोना संक्रमण फैलिने धेरै डर भयो । अब यस कार्य संगै व्यापारी र कृषकको बीच मात्रै भेटघाट हुन्छ । स्थानीयबासीलाई कुनै डर हुन पुग्दैन । समाजका अध्यक्ष शिवराम (आयुष) प्याकुरेलले बताए ।
यस्तै समाजले कृषक र व्यवसायी बीच हुने भेटघाटलाई समेत सामाजिक दूरी कायम गरि व्यापारीक कार्य अगाडि बढाउने बताएको छ । थाक्रे गाउँपालिका र वडा नम्बर ८ समेत यस कार्यमा हातेमालो गर्ने बताएको छ ।
