
धादिङ बैशाख २६ । धादिङ उद्योग वाणिज्य संघको संयोजनामा बसेको व्यवसायीहरुको बैठकले अन्यत्र जिल्लाबाट फलफुल र तरकारी ल्याउन प्रतिवन्ध गरेको छ ।
कोरोना भाईरसको रोकथामका बलियो आधार लकडाउन भएको ठहर सहित नेपाल सरकारले जेष्ठ ५ गते सम्म लकडाउनलाई लम्ब्याए पछि धादिङ उद्योग वाणिज्य संघको संयोजनामा विभिन्न व्यवसायीक संघ संगठनहरुले शुक्रबार गत बैठकले गरेको निर्णयलाई निरन्तरता दिँदै जेष्ठ ५ गते सम्मका लागि फलफुल र तरकारी ल्याउन प्रतिवन्ध गरेको हो ।
धादिङबेसी सदरमुकमामा अहिले केरा भन्दा बाहेकका कुनै पनि फलफुलहरु पाईदैनन् । शुक्रबार बसेको बैठकले फलफुल र तरकारी अन्यत्र जिल्लाबाट पनि बिक्रि वितरणका लागि ल्याउन सहजता प्रदान गर्ला भनेर बसेका फलफुल व्यवसयीहरु पुन फेरि निरास बनेका छन् ।
पछिल्लो बैठकले लकडाउनलाई सफल बनाउन, अत्यावश्यक सेवाका सामाग्रीहरु खाद्यान्न, ग्यास, औषधी, तरकारी तथा फलफुल, दाना पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म संचालन गर्ने गरेको छ । तर तरकारी तथा फलफुलको हकमा बैठकले बाह्य जिल्लाबाट ल्याउन नपाउने पूर्ण प्रतिबन्ध लगाईने निर्णय गरेको छ ।
बाह्य जिल्लाबाट धादिङ प्रवेस गर्ने नाकाहरुलाई कडाई गर्न जिल्ला प्रसाशनलाई आग्रह गर्ने समेत बैठकले निर्णय गरेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले धादिङपोष्टलाई बताए ।
अध्यक्ष खत्रीका अनुसार अत्यावश्यक सेवा बैंक, विमा लगायतका सेवाहरु सामाजिक दुरी र सुरक्षाका उपायहरु अवलम्बन गरि संचालन गर्न समेत आग्रह गरिएको छ ।
बैठकले गरेको निर्णय जस्ताको तस्तै

बैठकमा सहभागि संघ संस्थाहरु

