
धादिङ बैशाख ७ । धादिङको विभिन्न ठाउँमा शनिबार साँझ परेको असिना पानीले लाखौंको कृषिबालीमा क्षेति पुर्याएको छ ।
लकडाउनको मारमा रहेका किसानहरुले, अहिले रासायनिक मल पाएका छैन्, कुखुरालाई दाना खुवाउन नपाउँदा कुखुरा मर्न थालेका छन्, दुध तथा तरकारी बजार सम्म पर्याउन प्रतिवन्ध छ, यहिबेला परेको असिना पानीले किसानहरुलाई लार्खौको क्षेति पुर्याएको छ ।
धादिङको त्रिपुरा सुन्दुरी गाउँपालिका ७ मा ११ जना कृषक मिलेर संचालनमा आएको बडहरे नमूना पशु-पन्छी तथा कृषि समूहले यो वर्षको तरकारी उत्पादनका लागि १५ लाख खर्च गरेका थिए, बनाईएको टनेल हावाहुरीले उडाई दिएको छ, भने उत्पादनको तयारी अवस्थामा रहको तरकारी बाली पूर्ण रुपमा क्षेति भएको छ ।
कृषि फर्मका नारायण खड्काका अनुसार हामीले यो वर्ष मात्र तरकारी बालीमा १५ लाख खर्च गरेका थियौं, उत्पादनको मुखमा आएका सबै बाली असिनाले पूर्ण रुपमा क्षेति पुर्याएको छ ।
असिना पानी पछिको बडहरे नमूना पशु-पन्छी तथा कृषि फारम





