बसेरीमा १ सय ६६ परिवारलार्ई खाद्यान्न सामाग्री वितरण

Avatar photo
Dhadingpost
चैत्र २६, २०७६

धादिङ चैत्र २६ । धादिङ गंगाजमुना गाउँपालिका वडा नं. ६ का दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न १ सय ६६ परिवारलाई गाउँपालिकाले खाद्यान्न सामाग्री वितरण वितरण गरेको छ ।

लकडाउनको मारमा परेका ति परिवारलाई मंगलबार र बुधबार गरि खाद्यान्न सामाग्री वितरण वितरण गरिएको वडा अध्यक्ष भक्त बहादुर लामिछानेले बताए ।

लामिछानेका अनुसार जिल्ला बाहिरबाट आई मजदुरी गर्ने ३० जना सहित १६६ जनालाई नै २५ किलो चामल, चीउरा ३ केजी, दाल ३ केजी, तेल १ लिटरका साथै नुन, साबुन र स्यानिटाईजर वितरण गरिएको छ । तस्वीरः भक्तबहादुर लामिछाने