धादिङबेसीमा एकीकृत आइसोलेसन कक्ष तयार

Avatar photo
Dhadingpost
चैत्र २०, २०७६

धादिङ चैत्र २० । धादिङबेसी स्थित कृषि ज्ञान केन्द्र, धादिङको नयाँ भवनमा ९ वटा बेड रहेको आइसोलेसन कक्ष तयार भएको छ ।

संभावित कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखि जिल्ला अस्पतालको ५ बेडको आइसोलेसन कक्षले अपुग हुन नदिन कृषि ज्ञान केन्द्रको भवनमा थप आइसोलेसन कक्ष बनाईएको हो ।

जिल्ला समन्वय समिती धादिङ, जिल्ला प्रशासन कार्यालय धादिङ, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल,स्वस्थ्य कार्यालय धादिङ, नेपाल रेडक्रस सोसाइटी धादिङ,संयुक्त एम्बुलेन्स चालक समिति धादिङ, आयुर्वेद अस्पातल धादिङ, र धादिङ स्थित सुरक्षा निकायको बिशेष पहलमा कोरोना उपचारको लागि अस्थायी एकीकृत आइसोलेसन कक्ष सन्चालनमा आएको बताईएको छ । । (फोटोः विक्रम बिक)