
धादिङ चैत्र २० । धादिङ उद्योग वाणिज्य संघले जिल्लामा रहेका सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई सेनिटाईजर र माक्स प्रदान गरेको छ ।
कोरोना भाईरस रोकथाम र उपचारका लागि घर बाहिर देखिने सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई बिहिबार अत्यावश्यक सामाग्री सेनिटाईजर र माक्स अभाव देखिएकोले प्रदान गरिएको धादिङ उद्योग वाणिज्य संघ अध्यक्ष रुद्रबहादुर खत्रीले धादिङपोष्टलाई बताए ।
यस अघि व्यवसायीहरु कै पुरानो संस्था चेम्वर अफ कमर्शले पनि सुरक्षाकर्मी र धादिङका चारवटा मिडिया हाउस (दिव्यदर्शन टिभि, रेडियो धादिङ, रडियो बिहानी र नीलकण्ठ एफएम) का पत्रकारलाई सेनिटाईजर र माक्स प्रदान गरेको थियो । तस्बीरः रोहित भण्डारी, धादिङ उद्योग वाणिज्य संघ
