धादिङ झार्लाङमा चट्याङले एक जनाको मृत्यु, तीन जना घाईते

Avatar photo
Dhadingpost
चैत्र १९, २०७६

धादिङ चैत्र १९ । धादिङको खनियाबास गाउँपालिका २ झार्लाङको गोर्गाङमा चट्याङ् लागेर रामसिंह तामाङको मृत्यू भएको छ भने, झार्लाङको अन्य ठाउँमा चट्याङ् लागेर ३ जना घाईते भएका छन् ।

४० वर्षिय रामसिंह तामाङ बुधबार दिउँसो घरको आँगनमा कुखुराको खोर बनाउँदै रहेछन् त्यहिबेला चट्याङ् पर्दा घटना स्थलमै मृत्यू भएको स्थानिय प्रेम तामाङले बताए ।

यस्तै र्झालाङ थलि टोलमा चट्याङ् पर्दा मनमायाँ तामाङ पार्वती तामाङ घाईते भएका छन् भने र्झालाङ क्यूमा चट्याङ् पर्दा आशामायाँ तामाङ घाईते भएकी छिन् ।

थलिमा परेको चट्याङ् ले फुलबहादुर तामाङ, कान्छा तामाङको घरमा समेत क्षेति भएको प्रेम तामाङले बताए ।