नीलकण्ठको घुम्ती शिविर स्थगित

Avatar photo
Dhadingpost
चैत्र २, २०७६

धादिङबेसी चैत्र २ । धादिङबेसी सदरमुकाम र आसपासको क्षेत्र फैलिएको नीलकण्ठ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्ने गरि संचालन गर्न लागेको घुम्ती शिविर स्थगित गरेको छ ।

चैत्र ५ गते देखि १२ गते सम्म सबै वडाहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्ने कार्यक्रमको अन्तिम तयारी गरेको नीलकण्ठले आईतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरेको हो ।

विश्व नै प्रभावित बन्दै गएको कोरोना भाईरसको संक्रमणलाई रोक्न नेपाल सरकारले कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न नगराउन गरेको निर्देशन बमोजिम निलकण्ठले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्यक्रम स्थगित गरेको आशंका गरिए पनि सूचनामा स्थगित गर्नु पर्ने कारण भने खुलाएको छैन ।

x