साइबर अपराध गर्नेमा महिला बढी

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०७६

काठमाडौं फागुन १३ । साइबर अपराधसँग जोडिएका अपराधजन्य विषयमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढ्दै गएको र पुरुषभन्दा महिला संलग्नता बढी रहेको पाइएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोमा चालू आर्थिक वर्षको सात महिना (गत साउनदेखि माघ अन्तिम सम्म) मा साइबर अपराधसँग सम्बन्धित दर्ता भएका १ हजार ९६ उजुरीमा पुरुषभन्दा महिलाको संलग्नता बढी देखिएको आजको राजधानी दैनिकले खबर प्रकाशित गरेको छ ।

सो अवधिमा १८ वर्षमुनिका ४४ र १८ वर्षमाथिका १ हजार ५२ जना साइबर अपराधसँग सम्बन्धित कसुमा संलग्न रहेको पाइएको छ ।

उनीहरूमध्ये ६ सय ३० जना महिला, ४ सय ३६ पुरुष तथा अन्य ३० जना संलग्न रहेको तथ्यांकले
देखाएको छ, जसमध्ये सो अवधिमा फेसबुक म्यासेन्जरमार्फत १ हजार ५७ साइबर अपराधसँग सम्बन्धित कसुर भएका छन् ।