सिद्धलेकको मिनि म्याराथुनमा दिवस थापा मगर र सुमित्रा नेपाली प्रथम

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०७६

धादिङ सिद्धलेक, फागुन ९ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङ ठाँटीभञ्ज्याङ देखि सिद्धलेक सम्म भएको मिनि म्यारा म्याराथुन प्रतियोगितामा पुरुष तर्फ दिवस थापा मगर र महिला तर्फ सुमित्रा नेपाली प्रथम भएका छन् ।

आन्तरि तथा वाह्य पर्यटनका हिसावले विकसित हुँदै गएको सिद्धलेकमा लागेको शिवरात्री पर्वको अवसरमा चक्रदेवी सामुदायिक समाज नेपाल र नलाङ मोडेल एकेडेमीको आयोजनामा गरेको उक्त मिनि म्याराथुन प्रतियोगितामा दिवस थापा मगर र महिला तर्फ सुमित्रा नेपाली प्रथम भएका हुन् ।

रास्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, धार्मिक एवम पर्यटकिय क्षेत्र विकास र प्रवद्र्धनमा खेलकुद भन्ने मुल नाराका साथ भएको महिला तथा पुरुष छुट्टा छुट्टै बिधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा पुरुष तर्फ ६७ जना र महिला तर्फ १३ जनाको सहभागीता रहेको थियो ।

पुरुष तर्फ प्रथम हुनु हुने दिवस थापा मगर सिद्धलेक ३, द्वितीय हुनुहुने श्रीलाल तामाङ खनियाबास २ झार्लाङ, तृतीय हुनुहुने नीर बहादुर भुजेल सिद्धलेक १ र चौथो स्थान हासिल गर्नेमा शिव सिलवाल सिद्धलेक ४ ररहेका छन् ।

यस्तै महिला तर्फ प्रथम हुनु हुनेमा सुमित्रा नेपाली सिद्द्लेक द्वितिय हुनुहुनेमा सङ्गिता नेपाली सिद्दलेक पात्ले, तृतीय बिनिता सिलवाल नलाङ ५ र चौथो हुनेमा देबिका गिरि सिद्धलेक २ रहेका थिए ।

दुबै विधा तर्फ विजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यतामा सिद्धलेक गाउँपालिका २ का वडा अध्यक्ष कमल गुरुङको विशिष्ट आतिथ्यतामा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि वडा अध्यक्ष कमल बहादुर गुरुङले सिद्धलेक गाउँपालिका कै पहिचान हुने गरि भएको यस मिनि म्याराथुन प्रतियोगिताले खेलकुद क्षेत्र विकासमा टेवा पुग्नुका साथै धार्मिक एवम् ऐतिहासिक सिद्धलेकको संरक्षक र प्रबर्द्धनमा भुमिका रहेको बताएका थिए ।