
धादिङ फागुन ८ । धादिङबेसी सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिकाले गरिब घर परिवार पहिचान कार्यक्रम सुरु गरेको छ ।
पाँच महिने कार्यक्रम बनाएर नगरपालिकाले १४ वटै वडामा गरिब समुदायको पहिचान गरि सक्ने नगरपालिकाले जनाएको हो ।
गरिव घर परिवारको वर्गीकरण गर्ने, त्यसअनुसार परिचयपत्र वितरण र सीपमूलक तालिम प्रदान गर्दै आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यले सर्भेक्षण सुरु गरीएको बताईएको छ ।
सर्भेक्षणपछि प्राप्त हुने परिणामका आधारमा गरिब वर्गको हितमा हुने गरी आयआर्जन, सीपमूलक, शिक्षा, स्वास्थ्य, बीमा, खाद्य सुरक्षा भत्ता लगायत सामाजिक संरक्षणका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका सुचना प्रविधि शाखाका अधिकृत सुरज जोशीले बताए ।
