
धादिङ फागुन ६ । धादिङबेसी स्थित टुसडखेलमा जारी सातौं धादिङ महोत्सवको अवसरमा मंगलबार २८ जनाले रक्तदान गरेका छन् ।
“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ जारी सातौँ धादिङ महोत्सवमा आयोजना गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रम मा २८ जनाले रक्तदान गरेका हुन् ।
बिहान ८ बजेबाट दिउँसो २ बजे सम्म आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा १६ जना पुरुष र १२ जना महिला गरि २८ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको महोत्सवका साँस्कृतिक संयोजक नारायण कुमार श्रेष्ठले बताए ।

