
प्रेेेम तामाङ
धादिङ माघ २९ । धादिङका संघीय सांसद खेम प्रसाद लाेहनीले उत्तरी धादिङको झार्लाङलाई पर्यटन लक्ष्यित कृषि पकेट क्षेत्रकाे रुपमा विकास गरिनु पर्ने बताएका छन् ।
खनियावास गाउपालिका झार्लाङ स्थित प्रशंसा साना किसान कृषि सहकारीको वार्षिक साधारणसभाकाेे प्रमुख अतिथि समेत रहेका सांसद लाेहनीले कृषि पर्यटनकाे प्रचुर सम्भावना बाेकेकाे झार्लाङलाई कृषि पकेट क्षेत्रकाे रुपमा विकास गरिनु पर्ने बताएका हुन् ।
कार्यक्रमका विशेष अतिथि प्रदेश सांसद जगत सिंखडाले उत्तरी धादिङको विकासका लागि तीन तहकै ध्यान गएकाे बताउँदै विकासका लागि आर्थिक अभाव हुन नदिने बताएका थिए ।
सहकारीको साताैं वार्षिक साधारणसभा अध्यक्ष गेवापेसाङ तामाङकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

