चन्द्रोदय माविले शनिबार बाहेक अरु दिन सार्वजनिक विदा नदिने

Avatar photo
Dhadingpost
माघ ९, २०७६

धादिङ माघ ९ । धादिङको बेनिघाट रोराङ स्थित विशालटारमा रहेको चन्द्रोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामेश्वर पोखरेलले शनिबार बाहेक अन्य दिन सार्वजनिक विदा नदिने बताएका छन् ।

अब एक महिना लग्गतै यस वर्षको अन्तिम परिक्षा आई सेकोले केन्द्र प्रदेश र स्थनिय सरकारले तोकेको कुनै पनि सार्वजनिक विदा चन्द्रदोय माविले दिँदैन उनले भने ।

हप्ताको एक दिन शनिबार मात्र विदा हुन्छ र अब शुक्रबार पनि ४ बजे सम्म नै पढाई हुने विद्यार्थीलाई प्रधानाध्यापक पोखरेलले जानकारी गराएका हुन् ।

गाउँपालिकाको साता व्यापी खेलकुद प्रतियोगिता समापन समारोह चन्द्रोदय माविको खेलमैदानमा सुरु हुँदै थियो । विद्यार्थीहरुलाई स्टेजको साइटमा लामबद्ध हुन निर्देशन दिँदै प्रधानाध्यापक पोखरलले भने अब एक महिना अक्रिरिक्त क्रियाकलाप पनि हुँदैन, खेलकुद पनि हुँदैन ।