बेनिघाट रोराङमा भएको टी-२० क्रिकेटको उपाधी ब्राईट फ्यूचरलाई

Avatar photo
दिपेश कडेल
माघ ५, २०७६

धादिङ माघ ५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले धादिङ जिल्ला मै पहिलो पटक सुरुगरेको विद्यालय स्तरीय हर्षबहादुर थापा स्मृति कप अन्तरगत भएको टी -२० क्रिकेटको उपाधी मलेखु स्थित ब्राईट फ्यूचर बोर्डिङले जितेको छ ।

विशालटार स्थित चन्द्रोदय माध्यामि विद्यालयको खेल मैदामा दुई दिन सम्म चलेको अन्तर माध्यामिक विद्यालय स्तरीय टी -२० क्रिकेट प्रतियोगितामा रिचोकचार स्थित बागेश्वरी माध्यामिक विद्यालय हराउँदै ब्राईट फ्यूचरले उपाधी चुमेको हो ।

गाउँपालिकाले पुस २९ गते देखि आयोजना गरेको बृहत खेल कुद प्रतियोगिता अनुसार दास्रो चरणको खेल हृदय घातका कारण मृत्यू भएका गाउँपालिकाका प्रथम प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर थापाको स्मृतिमा टी -२० क्रिकेट प्रतियोगिता भएको थियो ।

क्रिकेट मोहः ब्राईट फ्यूचर बोर्डिङकी प्रिन्सिपल कल्पना सिलवाल

यस प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यामिक विद्यालय मध्य ६ वटा विद्यालयले भाग लिएका थिए । जसमा मलेखु स्थित ब्राईट फ्यूचर बोर्डिङ प्रथम, मलेखु रिचोकटार स्थित वागेश्वरी मावि द्वितिय र मझिमटार स्थित शंखादेवि मावि सान्तोना भएका छन् ।

धादिङ जिल्लामा पहिलो पटक विद्यालय स्तरीय टी -२० क्रिकेट प्रतियोगिता भए पनि बलिङ तर्फ ब्राईट फ्यूचर मलेखुका सृजन पाण्डे, चन्द्रोदय मावि बेनिघाटका अभिषेक पाण्डे, आयूष गिरीले धरै सुधारिएको खेल प्रदर्शन गरेका थिए खेल संयोजक दिपेश कडेलले बताए ।

क्रिकेटमा सम्भावना बोकेका ब्राईट फ्यूचरका सोनु सिंह

यस्तै ब्राईट फ्यूचरका बिलियम श्रेष्ठ, सोनु सिंह बागेश्वरी मावि रिचोकटारमा दिपेश सेढाई, गोकुल सुनार र शंखादेवि माविका सुरेश रायमाझि बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको रेफ्रिलाई उदृत गर्दै संयोजक कडेलले धादिङपोष्टलाई बताए ।

बेनिघाट क्रिकेटमा चमिकए दिपेश सेढाई