कास्की माघ ३ । विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) राखेर उपचारको क्रममा बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापामगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो ।
५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल भएका थिए ।
२०४९ साल असोज १८ गते जन्मिँदा छ सय ग्राम का उनी अहिले ५ दशमलव ५ किलोग्राम का थिए ।

