मैदीमा स्वस्तिक सहकारीको साधारण सभा सम्पन्न

Avatar photo
Dhadingpost
पुस १२, २०७६

धादिङ पुस १२ । ज्वालामुखि गाउँपालिका स्थित मैदिमा वचत तथा ऋणकाे काराेवारकाे साथमा रेमिट्यान्स सेवा प्रवाह गर्दै आईरहेकाे स्वस्तिक वचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष ०७५/०७६ मा २५ लाख २७ हजार ३९१ रुपैयाँ नाफा गर्न सफल रहेकाे यस सहकारीकाे नवाैंं साधारण सभा शनिवार मैदीकाे सातदाेवाटाेमा सम्पन्न भएकाे हाे ।

ज्वालामुखि गाउँपालिकाकाे १,२ र ३ वडाहरुमा काराेवार गरि रहेकाे यश सहकारीको अध्यक्ष गाेविन्दमान श्रेष्ठकाे सभापतित्वमा भएकाे साधारणसभामा जिल्ला वचत संघ धादिङका अध्यक्ष टापबहादुर श्रेष्ठकाे प्रमुख आतित्थ्यता रहेकाे थियाे ।