
धादिङ पुस ७ । धादिङको नीलकण्ठ नगरपालिका ५ स्थित खाल्टे डाडागाउँमा सासु बुहारी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
आईतबार वडा अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतित्थ्यतामा आयाेजित सासु बुहारी अन्तरक्रियामा संस्थागत सुत्केरी प्रााेत्साेहानकाे बारेमा छलफल गरिएकाे थियाे ।
सासू बुहारी बीचकाे सम्बन्ध आमा छाेरी बिचकाे जस्ताे हुनु पर्ने बताउदै वडा अध्यक्ष श्रेष्ठले अझ सुत्केरी अवस्थामा सासू घरकाे डाक्टरका रुपमा प्रस्तुत हुनु पर्ने बताएका थिए । अध्यक्ष श्रेष्ठले सुत्केरी स्वास्थ्य संस्थामै गराउनु पर्ने बताउँदै याे कार्यक्रम वडा ५ का गाउँ गाउँमा गरिने बताए ।
अन्तरक्रियामा वडा सदस्य सिताराम श्रेष्ठ, नवराज ढुङ्गाना, वडा सचिव सुवास खतिवडा लगायतकाे आतित्थ्यता रहेकाे थियाे ।
कार्यक्रममा सहजिकरण खाल्टे स्वास्थ्य चाैकि ईन्चार्ज बिनिता रिमाल र अनमि सृजना श्रेष्ठले गरेका थिए ।

