
शंंकर सिलवाल
धादिङ कार्तिक ८ । सिद्धलेक गाउँपालिका स्थित नलाङ माेडल एकेडेमीमा अन्तर विद्यालय छात्र फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक २ धादिङ र नलाङ मोडेल एकेडेमीको आयोजनामा उक्त छात्र फुटवल प्रतियोगिता सम्पन्न भएको हाे ।
प्रतियोगितामा अमरावती मावि ज्वालामुखी गाउँपालिका अमराईका टिम ए ले फाइनल खेलमा नलाङ मोडेल एकेडमी लाई ५–४ को नतिजामा प्रथम हुन सफल भएको छ भने नलाङ मोडेल एकेडमीले अत्यन्त कडा प्रतिस्पर्धामा द्वितिय स्थान हासिल गर्न सफल भएको छ ।
साथै अमरावती माविको टिम बी ले तेस्रो स्थान हासिल गरेको छ । साथै उक्त समयमा संचालन भएको प्रतियोगितामा अमरावती माविका अनिल अर्यालले सर्वोत्कृष्ट खेलाडीकाे उपाधी हात पारे ।
जिल्ला भित्र बिभिन्न खेलकुद क्रियाकलापहरु संचालन गर्दै खेलकुद विकास र प्रवर्धनका लागि संचालित खेलकुद कार्यक्रमले ग्रामिण क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रर्वधन गर्दै जाने कुरा नलाङ मोडेल एकेडेमीका प्रिन्सिपल बलराम सिलवालले बताएका थिए । अर्को तर्फ खेलकुद राष्ट्रको गहना हो । असल नागरिक निर्माणमा खेलकुदको अति नै महत्व रहेको छ र उच्च शिक्षा हासिलको लागी खेलकुद अतिनै महत्व रहेको बताएका थिए ।
