कसरी पकाउँदा स्वादिष्ट हुन्छ मासु ?

Avatar photo
Dhadingpost
अशोज १८, २०७६

धादिङ असोज १८ । हामी दशैको महत्वपूर्ण दिनमा छौ । आज फुलपातीको दिनमा नै आज देखि नै घरघरमा मासु पाक्न सुरुभएको छ ।

आज राँगा, सुङ्गुर लगायतका पशु वद गरिएको छ भने भोलि महाअष्टमीको दिन खसी बोका बलि दिने चलन छ । महाअष्टमी देखि प्रायस घर घरमा मासु हुने छ ।

दशैको मासुलाई विशेष परिकार बनाउन पकाउन र स्वादिष्ट बनाउन कसरी सकिएला हामी सबैको चासोको विषय पनि हो । आज हामी मासु कसरी पखाउने भन्ने विषयमा चर्चा गर्न गहि रहेका छौं ।

कसरी पकाउने मासु

–सम्भव भएसम्म घरमै पेलेको तोरीको तेल प्रयोग गनुर्स
–कराईमा तेल राखेर तताउने,
–तेल तालेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई फुराउनुस् ।
–त्यसपछि प्याज हालेर रातो हुनेगरी भुट्नुस्,
– प्याज रातो भएपछि खसिको मासु राख्नुस्,
–खसिको मासुलाई दुई मिनेटसम्म चलाउँदै भुट्नुस्,
–दुईमिनेटपछि बेसार, नुन राखेर चलाउनुस्,
–नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुस्,
–समय–समयमा मासुलाई चलाउनुस्,
–मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउने,
–३५ मिनेट पछि मसलाहाल्ने र राम्रोसँग चलाउने ९ मसला सकेसम्म घरमै पिधेँको प्रयोग गर्ने,
–मसला राखेको ३ मिनेटपछि काटेको टमाटर राख्ने,
–टमाटर पाकीसकेपछि मनतातो पानी मासुमा राख्ने,
–मासुमा मनतातो पानी हालेपछि ५ मिनेट पकाउने,
– अन्तमा काटेको हरियो धनिया राख्ने । त्यसपछि झोल मासु तयार हुन्छ । तपाईले मिठो स्वादमा खान पाउनुहुन्छ ।