
अमृत तामाङ
धादिङ असाेज १३ । भक्तपुरमा सम्पन्न भएकाे तेस्रो ख्वाप्रीङ तेक्वान्दो आमन्त्रित कप प्रतियोगितामा धादिङकाे टिम तेस्रो भएकाे छ ।
प्रतियाेगितामा धादिङको प्रतिनिधित्व गर्दै एड्भान्स एकेडेमीबाट ३ जना सहभागी भएकोमा १ स्वर्ण अन्जना गुरुङले र २ रजत एलिशा र सागर घलेले जित्न सफल भए थिए ।
यस्तै धादिङ बाेर्डिङबाट ५ जना सहभागी मध्ये रितु श्रेष्ठ र मेधा अर्याल रजत, अभिनास आलेमगर र सुजिता कुमालले कास्य पदक जितेका थिए ।
त्यसैगरी चिड्रेनपार्कको आयुश तामाङ द्रीतिय र हिमान्सु श्रेष्ठ तेस्रो भएका थिए ।
प्रतियाेगितामा धादिङका नवीन तामाङ उत्कृष्ट खेलाडी भै ५ हजार पुरस्कार जितेका थिए ।
एड्भान्सले विगत ३ वर्ष देखि तेक्वान्दोलाई पाठ्यक्रममा समावेस गरि पठनपाठन गर्दै आएकाे छ ।
