महेशखोलामा कालो पानी बग्न थाल्यो

Avatar photo
Dhadingpost
अशोज १०, २०७६

विकास भण्डारी
धादिङ असोज १० ।
धादिङको धुनिबेसी नगरपालिका स्थित महेशखोलामा केहि दिन कालो पानी बग्न सुरुभएको छ ।

धुनिबेशी नगरपालिका वडा नम्बर ९ मा रहेको नेपाल इट्टा उद्योगले महेशखोलामा कालो लेदो पदार्थ बगाउदा खोला प्रदुशित हुने गरि कालो पानी बगेको नौबिसेका सुनिल तामाङले बताए ।

उद्योगहरुले केमिकलयुक्त दुषित पानी, खोलामा बगाउँदा खोलामा कालो पानी बगेकोले खोलाको पानी उपभोग्य गर्न निकै कठिनाई हुनुको साथै वातावरणको स्वच्छतामा नकारात्मक असर परेको स्थानियले तामाङले धादिङपोष्टलाई बताए ।

ईट्टा उद्योगले दुषित कच्चा पदार्थ उक्त सार्वजनिक खोलामा फाल्दा मानवको स्वास्थ्यमा खेती योग्य जग्गा जमिन र वातावरण समेतलाई असर गरेको स्थानियको भनाई छ ।

ईट्टा उद्योग संचालकलाई कारवाही गराई पाउ भनि निवेदन बुझाउदा पनि स्थानिय सरकारले चासो नदेखाएको स्थानियहरु बताउँ छन् ।
यस अघि पनि औषधी कम्पनीले सेतो पदार्थ खोलामा बगाउँदा खोलाको पानी सेतो बगेको थियो ।

यसरी पटक–पटक खोलामा दुसित पानी बग्दा पनि स्थानिय सरकारले चासो नदेखाएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
फोटोः सुनिल तामाङ/भुवन श्रेष्ठ