
धादिङ असोज ९ । धादिङ जिल्ला गंगाजमुना गाउँपालिका फुलखर्कका हरि कुमार रिमालले टिभिएस दशैं दौड जितेका छन् ।
सवारीसाधन निर्माता टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आयोजना गरेको ‘टीभीएस दशैं दौड’ प्रतियोगिता फुलखर्कका हरि कुमार रिमालले जितेका हुन् ।
साढे ६ किलोमिटरको दौड २६.२९ मिनेटमा पुरा गर्दै हरिले शनिबार १ सेकेण्डले उपाधि जितेका हुन् । प्रतियोगितामा दीपक अधिकारी दोस्रा र ज्ञानेन्द्र राई तेस्रो भएका थिए । दीपकले २६.३० मिनेटमा र ज्ञानेन्द्रले २६.३५ मिनेटमा दौड पुरा गरेका थिए ।
दौडमा झन्डै ४ सय जनाको सहभागिता रहेको यस प्रतियोगिताका विजयीहरु हरिले ५० हजार, प्रदीपले २५ हजार र ज्ञानेन्द्रले १५ हजार रुपैयाँ सहितको उपाधि प्राप्त गरे ।
दौड नक्साल बाल मन्दिरबाट सुरु भइ सिटी सेन्टर, कमलादी, पुतली सडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टिभिएस शोरुम नक्साल पुगेर टुंगिएको थियो ।


