
धादिङ असोज ९ । धादिङको ग्रामिण यातायात प्रालि धादिङका अध्यक्ष राजेन्द्र अधिकारीले अग्रिम टिकट बुकिङ गर्न सकिने बताएका छन् ।
दशैंमा धेरै भिड भाड हुने र यात्रुलाई असहजता हुने गरेकोले चितवन, शक्तिखोर, बिरगंजको लागि टिकट बुकिङ भै रहेको जानकारी दिँदै अध्यक्ष अधिकारी धादिङपोष्टलाई भने धादिङ-काठमाडौं र काठमाडौं देखि धादिङबेसी, गोरखा मान्बु, आरखेत, आरुघाट, खरीको लागि समेत यात्रुको चाप हेरि बसको व्यवस्था गरिएको छ ।
अब दशैंको यातायात सहजताका लागि ग्रामिण यातायात प्रालि धादिङले नयाँ गाडी ल्इाउँदै छ ति गाडीहरु आएपछि धादिङका अन्य पालिकाहरुमा पनि सेवा दिने अधिकारीले बताए । ग्रामिण यातायात प्रालिको अन्य सेवा सुविधा र प्रतिकृयाको लागि ०१०-५२१३६६ र ०१-४३५९००७ मा कल गर्न सकिने छ ।

