धादिङबेसीमा २८ जनाले गरे मिनिल्याप र भ्यासेक्टोमी

Avatar photo
Dhadingpost
अशोज ७, २०७६

धादिङ असोज ७ । स्वास्थ्य कार्यालय धादिङले सुरु गरेको बन्ध्याकरण घुम्ति शिविर अभियान अन्तरगत धादिङबेसी जिल्ला अस्पतालमा २८ जनाले परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) गरेका छन् ।

जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा परिवार घुम्ती शिवर संचालन गर्ने सूचना जारी गरेको स्वास्थ्य कार्यालयले मंगलबार जिल्ला अस्पतालमा शिविरमा २० जना पुरुष र ८ जना महिलाले परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) गरेका हुन् ।

स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार अब असोज ९ चरौँदी आधारभुत स्वाथ्य सेवा केन्द्र वेनीघाट रोराङ, १० गते गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, गजुरी, १३ गते नौबीसे स्वास्थ्य केन्द्र, नौबिसे र असोज १४ गते महादेवबेसी स्वास्थ्य चौकी, महादेवबेसीमा परिवार नियोजन (मिनिल्याप र भ्यासेक्टोमी) बन्ध्याकरण घुम्ति शिविर हुनेछ ।