
धादिङ असोज ७ । चाड पर्वमा विद्यार्थीले यातायातमा छुट नदिने गरेको गुनासो बोकेर जिल्ला प्रशासन कार्यालय धादिङ पुगेका विद्यार्थी नेतालाई प्रमुख जिल्ला अधिकारी आसमान तामाङले विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिकलाई छुट नदिने सार्वजनिक यातायतका साधनलाई कार्वाही गरिने बताएका छन् ।
मङ्गलबार जिल्ला प्रशासन कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ प्रमुख यातायात व्यवसायीहरु र विद्यार्थी नेताहरु सँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी तामाङले राज्यले तोकेको शुल्क विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिकलाई छुट नदिए त्यस्ता सवारी साधनलाई कार्वाही गरिने बताएका हुन् ।
विगतका चार्डपर्वको बेला यातायातका साधनहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, चर्को भाडा उठाउने, विद्यार्थी, अपाङ्ग, जेष्ठ नागरिक सहुलयित नदिने जस्ता कार्यहरु नगर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए भने सवारी साधनहरुमा सादा पोशाकका प्रहरीहरु अनुगमनका परिचालन गरिने समेत बताएका थिए ।
छलफलको क्रममा भएको १० बुँदे निर्णय


