
सन्दिप स्याम्चेन तामाङ
धादिङ असाेज ७ । उत्तरी धादिङ खनियाबास-१ झार्लाङ श्री सिङगला देवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्कुल समय पछि ठिम्मुर टिप्न व्यस्त हुन थालेका छन् ।
बिहान १० बजे देखि ४ बजे सम्मको पढाइ सकेपछि विद्यार्थीले
आर्थिक स्रोतका लागि जडिबुटी तथा औसधिको रुपमा प्रयोग हुने टिम्मुर टिप्न टिप्न सुरु गरेका हुन् ।
पेट दुख्ने बेलामा खादा निको हुने,जुका मार्ने औसधि अनि तरकारी मा हालेर खदा तरकारी स्वादिलो र मिठो हुने खाना धेरै रुच्ने र अचार र गाभामा हाल्दा स्वादिलाे हुने स्थानिय बजारमा बेच्नकाे लागि विद्यार्थीले टिम्मुर टिप्न थलेका हुन् ।
झार्लाङकाे जङ्गलमा यत्रतत्र पाईने टिम्मुर व्यवसायिक हिसावले भने सदरमुकाम धादिङबेसी, काठमाडौंं सम्म पुग्ने गरेकाे स्थानियहरु बताउँछन् ।

