
धादिङ असोज ५ । काभ्रेमा भएको ३ नम्बर प्रदेश स्तरीय अन्तर जिल्ला Kwiks Cup छात्रा फुटबल प्रतियोेगितामा लगातार आफ्नो पक्षमा जित निकाल्दै फाईनलमा काभ्रेलाई ४ गोल हाने सँगै धादिङ राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएको छ ।
पहिलो खेल १३ गोलले चितवनलाई हराएको धादिङले दोस्रो खेलमा दोलखाको १ गोलको विरुद्ध धादिङले ४ गोल गर्दै सहज जीत हासिल गरेको थियो । यस्तै आज भएको तेस्रो दिनको फाईनल खेलमा धादिङले काभ्रेलाई ४ गोल गर्दा काभ्रेले कुनै पनि गोल गर्न सकेन ।
आईतबार भएको काभ्रे विरुद्धको फाइनल खेलमा धादिङका खेलाडीहरु रितु घले १ गोल, कमला घले १ गोल, सम्झना १ गोल, रञ्जिता दुराले १ गोल, गरेका थिए ।
यो सँगै धादिङ स्थित गुजुरीको आदर्श माविका छात्रा फुटबल खेलाडीहरु अखिल नेपाल फुटबल संघले आयोजना गरेको राष्ट्रिय Kwiks Cup छात्रा फुटबल प्रतियोगितामा छनौट भएको खेल प्रशिक्षक दिपक रानाले धादिङपोष्टलाई बताए ।

