घले समाजको प्रदेश अध्यक्षमा धनबहादुर घले चयन

Avatar photo
Dhadingpost
अशोज ४, २०७६

धादिङ असोज ४ । संविधान सभाका सदस्य एवम् लिःल फङ् घले समाज धादिङका अध्यक्ष धनबहाद घले लिःल फङ (घले समाज) प्रदेश नम्बर ३ को अध्यक्षमा चयन भएका छन् ।

काठमाडौंमा शनिबार सम्पनन्न घले समाज प्रदेश नम्बर ३ को प्रथम भेलाबाट धादिङ बसेरीका धनबहादुर घले अध्यक्षमा चयन भएका हुन् ।

भेलाले प्रदेश ३ को लागि उपाध्यक्षमा प्रविण घले सिन्धुपाल्चोक, महिला उपाध्यक्ष मुना घले चितवन, सचिव पेम्मा घले काठमाडौं, सहसचिव मंगलसिंह घले, लुरानी घले धादिङ, सह–कोषाध्यक्ष टासी घले रसुवा लगायत ४३ सदस्यी प्रदेश समिति गठन गरेको छ ।

प्रदेश ३ का अभिकाँश जिल्लाहरुबाट घले पहिचान बोकेको झाँकीहरु निकालिएको थियो । जसमा धादिङ र चितवनले माछापोखरीबाट कार्यक्रम स्थल बनस्थली सम्म पहिचान सहितका झाँकी सहित र्याली प्रदर्शन गरेको लिःल फङ (घले समाज) केन्द्रिय युवा तथा विद्यार्थी विभागका अध्यक्ष रोमी घलेले धादिङपोष्टलाई बताए ।