
धादिङ असाेज २ । संविधान दिवसको अवसरमा धादिङबेसीमा अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे छ ।
संविधान दिवस २०७६ जिल्ला स्तरीय मूल समारोह समिति धादिङकाे आयाेजनामा बिहिबार उक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
नेपालकाे संविधान २०७२ शिर्षक दिईएकाे प्रतियाेगितामा धादिङ आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा सञ्जना थापा प्रथम, एडभान्स एकेडेमी धादिङबाट कविता नेपाली द्धितीय, चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय धादिङबाट दिपा ठकुरी तृतीय र शंखादेवी माध्यमिक विद्यालय ज्यामरुङबाट समीक्षा वि.क सान्त्वना भएका छन् ।
