
धादिङ असाेज २ । धादिङ मार्पाकका यमबहादुर अधिकारी (प्रतिक्षा) नेपाली सेनाकाे सहायक रथी पदमा बढुवा भएका छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रकाे जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका अधिकारीलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा भएका हुन् ।
सरकारले ‘महासेनानी अधिकारीलाई सरकारले सहायक रथी विशेष पद (४ वर्षका लागि) सिर्जना गरी सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेकाे’, संचारमन्त्री गकुल बाँस्कोटाले बताएका हुन् ।
अधिकारीलाई सहायक रथी बनाउन जंगी अड्डाको सिफारिसमा रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो । शान्ति प्रक्रियाको केही काम अझै टुंगोमा पुग्ने अवस्थामा रहेकाले मनोबल गिर्न नदिन सरकारले यस्तो निर्णय लिएको बताईएकाे छ ।
