
धादिङ असोज २ । विप्लव नेतृत्वको नेकपा धादिङ जिल्ला सेक्रेटरी बुद्ध गुरुङ पक्राउ परे सँगै नेकपाले विज्ञप्ती जारी गरेको छ ।
विज्ञप्तीमा भनिएको छ पार्टी कामको सिलसिलामा काठमाडौँ आउँदै गरेको पुलिस प्रशासनले बिनाकारण अपहरण शैलीमा थानकोट पिपला मोडबाट गिरफ्तार गरेकोप्रति घोर भत्र्सना एवंम निन्दा गर्दछ ।
उपत्यका विशेष व्युरो तथा धादिङ जिल्ला इन्चार्ज हितमानले बुधबार प्रेस विज्ञप्ति निकाली वैज्ञानिक समाजवाद प्राप्त गर्न हामीहरुलाई तपाईहरुको हत्या, हिंसा, दमन, गिरफ्तारी, जेल, नेल कुनै चिजले रोक्न सक्दैन । हामी स्पष्ट छौं । क्रान्तिको मूल्य बलिदान हो ।
तसर्थ क्रान्तिकारीहरुका विरुद्धमा यस्ता हर्कतहरु बन्द गर्न सरकारसँग जोडदार माग गर्दै गिरफ्तार परेका सेक्रेटरी बुद्ध गुरुङलगायत पार्टीका सम्पूर्ण नेता, तथा कार्यकर्तालाई बिना शर्त रिहा नगरे क्रान्तिले सबै कुराको छिनोफानो आफ्नै तरिकाले गर्ने चेतावनी दिएका छन् ।
जस्ताको तस्तैः

