मोटरसाईकल चोरीको आरोपमा प्रमोद तामाङ पक्राउ

Avatar photo
Dhadingpost
अशोज २, २०७६

धादिङ असोज २ । जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएको प्रहरी टोलीले मोटर साईकल चोरीको आरोपमा प्रमोद तामाङलाई पक्राउ गरेको छ ।

धादिङ रुविभ्याली गाउँपालिका वडा नं. ५ बस्ने २५ वर्षिय सनम भन्ने प्रमोद तामाङ लाई बुधबार साँझ २२० सि.सि.को पल्सर बाईक चोरी गरेको आरोपमा धादिङबेसी स्थित बीच बजारबाट पक्राउ गरेको हो ।

चैत्र १८ गते साँझ जिल्ला धादिङ निलकण्ठ ४ रायटारबाट लु.४७ प.८८२० को बजाज कम्पनीको २२० सि.सि. पावर हर्ज भएको सेतो रंगको पल्सर मोटरसाईकल चोरी कार्यमा तामाङलाई पक्राउ गरि धादिङ जिल्ला अदालतमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी रुपक खड्काले जानकारी दिए ।