
धादिङ असोज २ । नीलकण्ठ नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठले आफ्नो वडामा विकासले गति लिएको बताएका छन् ।
नीलकण्ठ ५ खाल्टे डाँडागाउँ स्थित महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको ५९ औं वार्षिक उत्सवमा शुभकामना दिन पुगेका अध्यक्ष श्रेष्ठले परिणाम देखिने गरि विकासले गति लिएको बताएका हुन् ।
आफुले अहिले मुख्य तीन कुरालाई जोड दिएको बताउदै अध्यक्ष श्रेष्ठले, अब वडा बासी सबैको घर घरमा खानेपानी धारो पुग्नेछ । यस्तै विद्युतको काठेपोल मुक्त वडा घोषणाको अन्तिम तयारी र ग्रवेल सतिको सडक निमार्ण रहेको बताएका थिए ।
विद्यालयको खेलकुद मैदानको स्तर उन्नतीका लागि १ लाख ५० हजार दिने घोषणा गरेका अध्यक्ष श्रेष्ठले जनताको भावना र आवश्यकता अनुसार वजेट विनियोजन गरिएको समेत दावी गरेका थिए ।
महेन्द्रोदय कालिका माध्यामिक विद्यालयको ५९ औं वार्षिक उत्सवमा विद्यार्थीहरुले भव्य सास्कृतिक प्रस्तुतीहरु देखाएका थिए ।

