प्रदेश स्तरीय फुटबल जारी धादिङको जितको सुवात

Avatar photo
Dhadingpost
भदौ ३०, २०७६

धादिङ भाद्र ३० । अखिल नेपाल फुटबल संघको आयोजनामा सुरुभएको ३ नम्बर प्रदेश माध्यामिक विद्यालय स्तरीय Kwiks Cup फुटबल प्रतियोगितामा धादिङले जितको सुरुवात गरेको छ ।

आईतबार नुवाकोट सँग परेको धादिङ (शंखादेवि मावि) को टिम नुवाकोट खेल्न नआएपछि धादिङलाई विजेता घोषणा गरिएको थियो ।

यस्तै सोमबार दोस्रो दिन भएको खेलमा धादिङले २ गोलले गून्जानगर मा. वि. चितवनलाई २ गोलले पराजित गरेको खेल प्रशिक्षक दिपक रानाले बताए ।

बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी समेत आजको खेल अवलोकन गरेर फर्किएका थिए । प्रमुख डल्लाकोटीले धादिङको टिम (शंखादेवि मावि बेनिघाट रोराङ) ले उत्कृष्ट खेलेको धादिङपोष्टलाई बताए ।

यस्तै आज भएको अर्को खेल भक्तपुरले चितवनलाई हराएको छ । चितवनको क्याम्पा चौरमा हुने भएको यस प्रतियोगिता सारदानगर टाउन चितवनमा जारी छ ।