वाइसिएल धादिङले अध्यक्ष दाबी गर्ने

Avatar photo
Dhadingpost
भदौ ३०, २०७६

धादिङ भाद्र ३० । पूर्व माओवादी केन्द्रको मुख्य संगठन वाइसिएल धादिङले एकता पछि बन्ने राष्ट्रिय युवा संघ नेपाल धादिङको अध्यक्ष दाबी गर्ने भएको छ ।

वाईसिएलका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर सिलवाल मिलनको प्रमुख आतिथ्यतामा भएको वाईसिएल धादिङको आज बसेको सचिवालयको बैठकले एकता पछि बन्ने राष्ट्रिय युवा संघ नेपाल धादिङको अध्यक्षको दाबी गर्ने निर्णय गरेको हो ।

केन्द्रिय समितिले जिल्ला भाग लगायका सुनिन आएको तर आधिकारी जानकारी नगाएको जानकारी गराउँदै प्रमुख अतिथि मिलनले वाईसिएल धादिङको सचिवालले गरेको निर्णय राष्ट्रिय युवा संघ केन्द्रिय समितिमा पेस गर्ने बताएका थिए ।