युएई, भाद्र २८ । बैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत नेपालीहरुद्धारा सामाजिक कार्य गर्ने हेतुले सन् २००४ मा स्थापना भएको धादिङेलीहरुको साझा संस्थाको नाम हो धादिङ समाज युएई । युएईमा १५ बर्ष पहिले स्थापना भएपनि गत सालबाट जिल्ला प्रशासन कार्यालय धादिङमा समेत दर्ता भएर यसले आफ्नो सामाजिक कार्य गर्दै आइरहेको छ । संस्थाका आजीवन सदस्यहरुलाई बैदेशिक रोजगारको सिलसिलामा युएई मै रहदा मृत्यु भएमा एक लाख रुपैया र अङगभङग भएमा ५० हजार रुपैया क्षतिपुर्ति दिने प्रावधान छ र दिदै आइरहेको पनि छ । यही सेप्टेम्बर १३ का दिन आफ्नो आठौ महाधिवेशन सम्पन्न गरि नयाँ कार्यसमितिको चयन समेत गरेको धादिङ समाज युएईले २०१७–२०१९ कार्यकालमा सामाजिक क्षेत्रमा गरेका आठौ महाधिवेशनमा प्रस्तुत कार्यप्रगति विवरण यसप्रकार रहेको छ ।
- युएईमा बिरामी भई अस्पताल भर्ना भएका कमल परियारलाई उपचार खर्चको अभाव भनि समाचार प्राप्त भए लगत्तै समाजले तत्काल ४०० दिराम (करीब १२ हजार रुपैया) सहयोग गरेको थियो ।
- साउदीको जेलमा जेल जीवन बिताई रहेका थानेश्वर भुषालको जीवन रक्षा को निम्ति युएईस्थित नवलपरासी सेवा समाजले चलाएको भुषाल बचाउ अभियानमा ६५५ दिराम (करीब २० हजार रुपैया) सहयोग गरेको थियो।
- क्यान्सर पिडित सरिता तामाङ लाई मनमोहन मेमोरियल अस्पतालमा उपचार खर्चको अभाबमा भन्ने सुचना सहित नेत्रावती गाउँपालिका बाट सहयोगको लागि धादिङ समाज युएईमा निवेदन परेपछि धादिङ समाज युएई ले सहयोग स्वरुप १०६३ दिराम (करीब ३२ हजार रुपैया) सहयोग गरेको थियो ।
- धादिङवेसी नजिकै पशुपति डाँडामा सडक दुर्घटना हुँदा मृत्यु भएका गुम्दी का होम बहादुर घलेको परिवारलाई गरिबीको कारण र अभिभावक गुमाउँदाको पिडामा केहि राहत महसुस होस् भन्ने हेतुले धादिंग समाज युएई ले ने रु ३०,००० हजार सहयोग गरेको थियो ।
- युएईमा बिगत ५ वर्ष देखि अदालती मुद्दा खेपिरहेका चितवनका टोप बहादुर बि क को लागि आबश्यक पर्ने ब्लड मनि बापतको १ लाख दिराम उठाउन एनआरएनए युएई को नेतृत्वलाई १००० दिराम (करीब ३० हजार रुपैया) सहयोग गरेको थियो ।
- मृगौला पिडित कृष्ण शाही ठकुरीलाई समाज कै नाममा अध्यक्ष योगेन्द्र थापाले रु १०००० सहयोग गरेका थिए।
- मृगौला पिडित धादिंग धुसेनीकी अनिता गुरुङलाई सहयोग स्वरुप २०६८ दिराम (करीब ६२ हजार रुपैया) सहयोग गरेको थियो ।
- मोरङ घर भइ युएईको अलकुजमा अलपत्र परेका नमराज प्रसाईंलाई नेपाल पठाउन समाजका सदस्य पदम थापाको नेतृत्वमा विभिन्न माध्यम बाट १६५० दिराम (करीब ५० हजार रुपैया) जम्मा गरि नेपाल पठाइएको थियो ।
- धादिङ फुलखर्कका मोहन अधिकारीको मधुमेह रोगले थला परि गरिबीको कारण उपचार हुन सकेन भन्ने समाचार धादिङ पोष्टमा प्रकाशित भएपछि तत्काल समाजले ७७२ दिराम (करीब २४ हजार रुपैया) उपचार को लागि पठाएको थियो ।
- चरौंदीका शुक्र बहादुर चेपाङलाई रु १५००० सहयोग गरेको थियो ।
- धादिङ कल्लेरीका शारिरीक रुपमा असक्त रहेका केदार भट्टको परिवारलाई रु १५००० हजार इन्द्रेणी कार्यक्रममा गएर सहयोग गरेको थियो ।
- धादिङ गुम्दीका मेरुदण्ड पीडित प्रकाश रिजाललाई रु १५००० हजार सहयोग गरेको थियो, वहाँ समाज कै आजीवन सदस्य पनि हुनुहुन्छ ।
- ब्लड क्यान्सरबाट पीडित धादिङ कै रन्जित घिसिङलाई रु १६००० हजार आर्थिक सहयोग गरिएको थियो ।
- धादिङ समाज युएईले धादि समाज कतारको समेत सहकार्यमा धादिङ जिल्ला भरिका ९० वटा स्वास्थ्य संस्थाहरुमा तीनलाख भन्दा बढीको लागतमा ९० थान नेबुलाइजर वितरण गरेको थियो ।
- धादिङ समाज युएईका सल्लाहकार मनोज गोर्खाली मार्फत बेनीघाट रोराङको श्री चन्द्रोदय माविका लागि २०० थान कापी कलम र ६ सेट कम्प्युटर वितरण गरिएको थियो ।
- धादिङ समाज युएईका सल्लाहकार ईश्वर प्रसाद उपाध्याय मार्फत विशालटार कलेको लागि ५३ हजार रुपैया तथा फोटो पत्रकार समुह धादिङले आयोजना गरेको फोटो प्रतियोगिताको लागि ६० हजार रुपैया सहयोग गरिएको थियो ।
