टान निर्वाचनमा धादिङबाट अध्यक्ष सहित ५ जनाले उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
भदौ १५, २०७६

धादिङ भाद्र १५ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को आगामी नेतृत्व चयनका लागि भाद्र २० गते हुने चुनावमा प्रजातान्त्रिक समुहले अध्यक्ष, द्वितिय उपाध्यक्षमा, सह कोषाध्यक्ष र दुई सदस्य सहित ५ धादिङका जना ट्रेकिङ व्यवसायीहरुलाई अगाडी सारेको छ ।

प्रजातान्त्रिक समुहबाट (टान) निर्वाचनमा अध्यक्ष उम्मेदवार खुमबहादुर सुवेदी ज्वालामुखी गाउँपालिका ६ हुन् । यस्तै द्वितिय उपाध्यक्षमा भरत सापकोटा नेत्रावती डब्जोङ गाउँपालिका ५ का हुन् । अर्का सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ नीलकण्ठ नगरपालिका १३ का हुन् । यसैगरी टान निर्वाचनको लागी धादिङका ख‍ोमराज अधिकारी र शिमबिर घलेले सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन् ।