चन्द्रोदय बहुमुखी क्याम्पसमा आईसीटी कक्षा सुरु

Avatar photo
Dhadingpost
भदौ १४, २०७६

धादिङ भाद्र १४ । धादिङ बेनिघाट बिशालटार स्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा आईसीटी (इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी) कक्षा सुरु भएको छ ।

सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय प्रदेश ३ को सहयोगमा यस क्याम्पसमा आईसीटी शिक्षा सुरु भएको हो ।

यहि भाद्र देखि वि.एड. र बि.बि.एस. संकाय अन्तरगत प्रथम, दितिय, तृतिय र चौथो वर्षका विद्यार्थीहरुलाई आईसीटी कक्षा सुरु गरिएको क्याम्पस प्रमुख योगेन्द्र सिलवालले बताए ।

विशेष गरि चेपाङ र कमजोर आर्थिक स्थिति भएका समुदायका विद्यार्थीहरु अध्ययन गर्ने क्याम्पसको रुपमा चिनिएको यस चन्द्रोदय क्याम्पसमा आईसीटी कक्षा सुरुभए सँगै विद्यर्थीमा थप उत्साह पैदा भएको उप प्राध्यापक रामहरि कडेलले धादिङपोष्टलाई बताए ।

आईसीटी कक्षामा विद्यार्थीलाई Microsoft Word, Microsoft Excel, Microsoft PowerPoint, English to Nepali Typ, Email/Internet, Google Search, Uses of Social Media विषयमा सिकाईने उप प्राध्यापक कडेलले बताए ।