गजुरीमा अवैध घरेलु मदिरा नष्ट

Avatar photo
Dhadingpost
भदौ १०, २०७६

धादिङ भाद्र १० । धादिङ गजुरी गाउँपालिका वडा नं। १ चालिसे स्थितमा स्थानियबासीले संचालन गरेको ८ वटा अबैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ ।

प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी टोलीले गजुरी चालिसेका स्थानीयहरुले उत्पादन गरेको घरेलु मदिरा मंगलबार नस्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी रुपक खड्काका अनुसार भट्टीहरुमा संचित रहेको कच्चा पदार्थ ३ हजार लिटर भट्टी तयारी अवस्थाको अवैध घरेलु मदिरा २ सय लिटर र कच्चा पदार्थ रहेको ३२ वटा ड्रम जफत नष्ट गरिएको थियो ।
तस्वीर स्रोतः जिल्ला प्रहरी कार्यालय धादिङ