
धादिङ भाद्र ७ । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले सरकार भ्रष्टाचारीहरुको अखडा भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिद्वारा आयोजित पाचौैं साधारणसभा तथा महिला जागरण अभियान उद्घाटन गर्दै धमलाले सरकार भ्रष्टाचारको दलदलमा फसेकाे बताएका हुन् ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले सरकारले जनमुखिकाम गर्न नसकेकाे र कार्यकर्ता पाेस्ने र भ्रष्टाचारलाई उक्साहट गरेकाे गम्भीर आराेप लगाएका थिए ।
धादिङ कांग्रेसका पूर्व सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले दरबारिया, कम्युनिष्ट पार्टी र सरकारले संविधान च्यात्ने प्रयत्न गरिरहेको आरोप लगाए ।
कांग्रेसकी महासमिति सदस्य वं महिला नेतृ कल्पना अधिकारीले महिलाको हक अधिकारका लागि महिलाहरू नै सक्रिय हुनुपर्ने खाँचो औंल्याइन् ।
धादिङ कांग्रेसका सचिव विनोद तिमिल्सिनाले प्रदेश सरकार राज्यको सेतो हात्ति भएको भन्दै यसले भविष्यमा संकट निम्त्याउन सक्ने बताए । उनले एउटा चुनाव हार्दैमा आत्तिन नहुने भन्दै अबको चुनावमा सक्रिय भए लागे पार्टीले अवश्य जित्ने दावी गरे ।
कास्की कांग्रेसकी कोषाध्यक्ष एवं महिला नेतृ लक्ष्मी पाण्डेले धादिङवासीलाई अभिभाकत्व प्रदान गर्दै सुख दुःखमा साथ दिन सिंगो पार्टी तयार रहेको स्पष्ट पारिन् ।
धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले धादिङवासीले राजनीति आस्था भन्दा पहिला धादिङवासी हौं भनेर सोच्नुपर्ने, आफ्नो खुट्टामा उभिनुपर्ने, त्यसपछि मात्र आस्था र विचार खोज्नुपर्ने खाँचो औंल्याए ।
नेविसंघ नेता भानु ढकाल र ईश्वर अधिकारीले सरकारको गलत रवैया विरुद्ध नेविसंघले ठूलो सशक्त आन्दोलन लिएर आउन लागेको भन्दै पार्टीका सबै तह र तप्काले सघाउनुपर्ने खाँचो औंल्याए ।
समितिका सभापति लालप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपसभापति यादुप्रसाद ढकाल, सचिव माधव लम्साल, सहसचिव वेनु पण्डित लगायतले बोलेका थिए ।
कार्यक्रममा कक्षा १२ को परीक्षामा सर्वाधिक अंक प्राप्त गरी उत्तीर्ण हुने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ की अश्विनी पाण्डलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
यस्तै समितिको विभिन्न गतिविधिमा सघाउने सन्देश ढकाल, छविनारायण श्रेष्ठ, पदमबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
साथै कक्षा १२ र एसइई उत्तीर्ण विद्यार्थीहरू फूलकुमारी अधिकारी, सन्दिप श्रेष्ठ, सुस्मिता श्रेष्ठ, नीलक पाठक, अञ्जना शाही, जोशन थपलिया, अद्भिका बोहरा, शोभा श्रेष्ठ, ज्योती ढकाल, कृष्ण खत्री, अनुपमा अर्याल, अंकित ईटनी, प्रतीक्षा थपलिया, मनिषा बसौला, प्रकाश सापकोटा, बुद्धकुमारी अधिकारी, रमेश ढकाल, दीक्षा राना मगर र पूजा ढकाललाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
