प्रयास नेपालको वार्षिक साधारण सम्पन्न

Avatar photo
Dhadingpost
साउन २५, २०७६

धादिङ साउन २५ । प्रयास नेपाल धादिङको १८ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रयास नेपाल धादिङका अध्यक्ष सविता अर्यालको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि लोहनीले गैर–सरकारी संस्था राष्ट्र निर्माणको पक्षमा सरकारको सहयोगि बनेको बताएका थिए ।

कार्यक्रममा प्रदेश सांसद डा।रामकुमार अधिकारी, जिल्ला विकास समितिका प्रमुख जगन्नाथ नेपाल, उप प्रमुख बिन्दा बराम नेपाली, अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमला, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका कार्यवाहक सभापति नारायण तिमल्सेनाको विशेष आतिथ्य रहेका थियो ।